समाज

मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं - दैलेखमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ। जिल्लाको दैलेखको नौमुले गाउँपालिका– २ बालुवाटार केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

शनिबार राति १२ बजेर २६ मिनेटमा गएको उक्त भूकम्प ०७२ को भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ। भूकम्पबाट कुनै क्षति नभएको केन्द्रको भनाइ छ।

 

प्रकाशित: २९ वैशाख २०७६ ०२:२८ आइतबार

भूकम्प नौमुले_गाउँपालिका राष्ट्रिय_भूकम्प_मापन_केन्द्र