समाज

पुरुषको भन्दा महिलाको स्मरण शक्ति किन बढी ?

पुरुषको तुलनामा महिलाको स्मरण शक्ति बढी हुन्छ। यो कुरा सुन्दा तपार्इंलाई पत्यार नलाग्न सक्छ। हालै अमेरिकाको ‘सिंगटन विश्वविद्यालय स्कुल अफ मेडिसिन रिसर्च’ को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरण शक्ति बढी भएको दाबी  गरेको छ।

अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट डा. मनुश्री गोयल भन्छन्, ‘हामीले २० देखि ८२ वर्षसम्मका दुई सय पाँचजनामाथि यो अध्ययन गरेका थियौं। यी सबै मानिस पूरै स्वस्थ थिए,’ उनले भने, ‘हामीले यो देख्न चाहेका थियौं कि उमेरसँगै कसरी मेटाबोलिजम परिवर्तन हुन्छ ?’

मेटाबोलिजम मस्तिष्कमा हुने अक्सिजन तथा ग्लुकोजको मात्रा हो। यसको आधारमा मस्तिष्कले काम गर्छ। खानाबाट प्राप्त हुने ग्लुकोज अक्सिजनमा मिसिएर शरीरका अन्य भागमा जान्छ र यही अक्सिजन र ग्लुकोजको सहयोगले हाम्रो मस्तिष्कले काम गर्छ। यही शक्तिको कारण मस्तिष्क सक्रिय बन्छ र स्वस्थ  रहन्छ।
तर उमेर बढ्दै जाँदा हाम्रो मस्तिष्कको अक्सिजन र ग्लुकोजको मात्रा कम गरिदिन्छ। यसकारण वृद्ध उमेरमा होश कमजोर बन्दै जान्छ। डा. मनु र उनको टोलीले यो कुरा

हेर्न उमेरसँगै मेटाबोलिजम कसरी परिवर्तन हुन्छ ? भन्ने विषयमा अध्ययन गरेका थिए। सोही अध्ययनको क्रममा उनीहरूले एकै उमेरका महिला र पुरुषको मस्तिष्कमा मेटाबोलिजम फरक तथा कतिपय महिलामा पुरुषको भन्दा बढी रहेको पाए। मस्तिष्कको उमेरको नाप गरिएको यो पहिलो अध्ययन थियो। डा. मनुका अनुसार दुई सय पाँचजनाको एमआरआई गरी जिनको अध्ययन गरिएको थियो। एमआरआईपछि पेटस्क्यान गरिएको थियो। पोजिट्रन इमिसन टोमाग्राफी मस्तिष्कको मेटाबोलिजम नाप्न प्रयोग गरिएको थियो।

यसका लागि उनीहरूलाई निदाउने औषधि खुवाइएको थियो। पेटस्क्यानबाट आएको तथ्यलाई पुनः कम्प्युटरमा जोडेर अध्ययन गरिएको थियो, जसमा एउटै उमेरका महिला र पुरुषबीच मस्तिष्कमा फरक देखिएको थियो। दुवै ४०÷४० वर्षका महिला र पुरुष थिए। डा. मनु महिलाको मस्तिष्कमा पुरुषको तुलनामा रगत तथा ग्लुकोजको प्रयोग बढी हुनुले यस्तो भएको बताउँछन्। उनका अनुसार पुरुषको तुलनामा महिलाको मस्तिष्कको मेटाबोलिजम बढी थियो। यसकारण महिलाको स्मरणशक्ति बढी देखिएको हो।

 

प्रकाशित: २१ वैशाख २०७६ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App