समाज

पोखराबाट दमौली जाँदै गरेको बस दुर्घटना, ५ जना घाइते

तनहुँ– म्याग्दे गाउँपालिका–१ गुणादीमा यात्रुवाहक बस दुर्घटना हुदाँ ५ जना घाइते भएका छन्।  बुधबार दिउँसो पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ८५०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो।

घाइते हुनेमा बसका सहचालक २० वर्षीय माधव थापा, ५२ वर्षीया सुनमाया सार्की, ५२ वर्षीय प्रेम बिक, सोही स्थानकी १८ वर्षीय प्रमिला विक, ३५ वर्षीया खिमा चोखाल रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ। उनीहरुको दमौली अस्पतालमा उपचारपश्चात डिस्चार्ज गरिएको छ। बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ वैशाख २०७६ ११:२३ बुधबार

बस_दुर्घटना म्याग्दे_गाउँपालिका यात्रुवाहक_बस