समाज

नेपाल र चीनको शैक्षिक मेला

काठमाडौं– नेपाल र चीनबीच शैक्षिक मेला हुने भएको छ। यही वैशाख ८ र ९ गते दुई देशका शिक्षा क्षेत्रमा काम गर्दै आएका निकायबीच ‘सेकेण्ड द वेल्ट एण्ड रोड नेपाल चाइना एजुकेशन फेयर’ संचालन हुन लागेको हो। 'वल्ड ट्रेड सेन्टर' त्रिपुरेश्वमा संचालन हुने उक्त मेलामा विभिन्न चाइनिज युनिभरसिटी र नेपाली कन्सलटेन्सको २५ वटा स्टल रहने छ। 

सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने उक्त कार्यक्रममा दुई देशका व्यवसायी, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया हुने आयोजक चिनियाँ भाषा शिक्षक संघका सचिव रामचन्द्र कार्की बताए। ‘मेलामा दुवै देशमा संचालन भइरहेको शिक्षा प्रणाली, अवसर र अनुभव आदान–प्रदान गर्ने थलोको रूपमा यसलाई लिन सकिन्छ,’ कार्कीले भने।

करिब १० लाख रुपैयाँ खर्चेर गर्न लागिएको उक्त मेलामा दवै देशका गरी १० हजार अवलोकनकर्ताले भ्रमण गर्ने जानकारी संघले दिएको छ। मेला संचालन हुने दुई दिनमध्ये पहिलो दिन शैक्षिक स्टलहरूको अवलोकन र दोस्रो दिन अन्तरक्रिय कार्यक्रम हुनेछ। 

 

प्रकाशित: ६ वैशाख २०७६ ०६:३७ शुक्रबार

शैक्षिक_मेला