समाज

रहेनन् पत्रकार पुष्करलाल श्रेष्ठ

काठमाडौं – पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ। नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक श्रेष्ठको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो। 

केही महिनाअघि मृगौलाको पत्थरीको शल्याक्रिया गरेका श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएकाे थियाे। पत्रकार श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि भूगोलपार्रकमा राखिने र आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। 

उनले फिल्मी पत्रिका कामनाबाट पत्रिका प्रकाशनको काम सुरु गरेका थिए। उनले लामो समयसम्म कामनाको प्रकाशनपछि यही प्रकाशनमार्फत नेपाल समाचार पत्र दैनिकको प्रकाशन आरम्भ गरेका थिए।

कुनै बेलाको चर्चित पत्रिका साधना मासिकको पनि उनी प्रकाशक तथा प्रधानसम्पादक थिए। साधनाले खोजमूलक सामग्री पस्कन्थ्यो।

 

प्रकाशित: ४ वैशाख २०७६ ०७:३६ बुधबार

पुष्करलाल_श्रेष्ठ निधन