समाज

ढिस्कोले पुरिएर मृत्यु

ओखलढुंगा – माटोको ढिस्कोले पुरिएर जिल्लाको नर्मदेश्वरमा एक महिलाको ज्यान गएको छ। लिखु गाउँपालिका–४, नर्मदेश्वरकी ५५ वर्षीया सेतीमाया मगरको माटोको ढिस्कोले पुरिएर बिहीबार ज्यान गएको हो। अन्य दुईजना घाइते भएका छन्।

सेतीमायाकी छोरी १८ वर्षकी विष्णुमाया र छिमेकी ३२ वर्षीया गोमा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए।

विष्णुमायालाई थप उपचारका लागि काठमाडांै पठाइएको जानकारी उनले दिए। गोमा स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी घर फर्किाएकी छिन्। नर्मदेश्वरको डुडेगैरामा घर लिप्ने रातोमाटो खन्ने क्रममा ढिस्को खसेर उनीहरु पुरिएका थिए।

प्रकाशित: ३० चैत्र २०७५ ०२:३७ शनिबार

ढिस्को मृत्यु