समाज

मोटरसाइकल र टिप्पर ठोक्किँदा एकको मृत्यु

नुवाकोट– नुवाकोटको बट्टारमा शुक्रवार मोटरसाइकल र टिप्पर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

गगटेबाट विदुरतर्फ आइरहेको बा.५ ख २८९८ नं. को ट्रिपरले ना. ३३ प ३४६६ नंं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय दिवाकर खनालको घटनास्थलमा नै मृत्यु भएको हो। घटनामा खनालको मृत्युपछि आक्रोशित बनेका आफन्त र स्थानीयले टिप्परमा आगो लगाई क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए।  

टिप्पर तीव्र गतिमा गुडिरहेकाले दुर्घटना भएको बताइएको छ। टिप्पर धनीले मृतक परिवारलाई नियम अनुसार क्षतिपूर्ती दिने सहमति भएपछि शव बुझेका छन्। टिप्पर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २९ चैत्र २०७५ ११:३५ शुक्रबार

दुर्घटना टिप्पर मोटरसाइकल मृत्यु