समाज

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

ओखलढुंगा– ओखलढुंगामा माटोको ढिस्कोले पुरिएर नर्मदेश्वरमा एक जना महिलाको ज्यान गएको छ। लिखु गाउँपालिका–४ नर्मदेश्वरकी ५५ बर्षीय सेतीमाया मगरको बिहीबार माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो। अन्य दुईजना घाइते भएका छन्। 

मृतक मगरकी छोरी १८ वर्षकी विष्णुमाया मगर र छिमेकी ३२ वर्षीय गोमा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए। घाइते विष्णु मायालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ। गोमाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी घर फर्काइएको छ। 

नर्मदेश्वरको डुडेगैरामा घर लिप्ने रातोमाटो खन्ने क्रममा माटोको ढिस्को भत्किदा उनिहरु पुरिएका थिए। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: २८ चैत्र २०७५ १६:३२ बिहीबार

माटो ढिस्को महिला मृत्यु