समाज

मलद्वारमा लुकाएको सुनसहित ३ चिनियाँ नागरिक पक्राउ

काठमाडौं– मलद्वारमा लुकाएर सुन ल्याउने तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। तीन किलो ३ सय ग्राम सुनसहित ३ जना चिनियाँ नागरिकलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको एसपी कृष्ण कोइरालाले जानकारी दिए। 

चीनबाट जहाजमार्फत आएका उनीहरुलाई बोर्डिङ पास गर्ने क्रममा प्रहरीले शंका गरेको थियो। बोर्डिङ पासका बेला जाँच्ने मेसिनले धातु भएको संकेत गरेको थियो। प्रहरीले उनीहरुको शरीर जाँच गर्दा कुनै पनि धातु पत्ता लगाउन नसकेपछि  उनीहरुलाई केएमसी अस्पताल लगेर जाँच गर्दा मलद्वारमा लुकाएको सो परिणामको सुन भेटिएको एसपी कोइरालाले बताए।

प्रकाशित: २८ चैत्र २०७५ १५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App