समाज

ट्याक्टरले किच्दा बालकको मृत्यु

दुलेगौँडा (तनहुँ)–  तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ। मंगलबार साँझ खैरेनीटारबाट छाङपाटन जाँदै गरेको ग १ त ४६४४ नम्बरको ट्याक्टरले किच्दा स्थानीय १२ बर्षीय बालक विवेक परियारको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारको लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर, चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।  

प्रकाशित: २६ चैत्र २०७५ १५:४६ मंगलबार

दुर्घटना ट्याक्टर बालक मृत्यु