समाज

पाथीभरा मन्दिर जाँदै गरेका एक तीर्थालुको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्न जाँदै गरेका एक व्यक्तिको मृत्यु भएको छ। मन्दिरको दर्शनका लागि मन्दिर प्रबेशको मुख्य द्धार पुग्न लागेका सुनसरी इनरुवाका ४५ बर्षीय तुलसीप्रसाद यादवको मृत्यु भएको हो। 

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिका कर्मचारी नवीन निरौलाले प्रवेशद्धार नजिक अकस्मात् लडेका उनलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जानकारी दिए। घटनाको विस्तृत बिवरण आउँन बाँकी छ। 

दुईसाता अघि मात्रै मन्दिरको दर्शन गरी फर्कदै गर्दा ललितपुरका एक व्यक्तिको समेत मृत्यु भएको थियो ।

प्रकाशित: २६ चैत्र २०७५ १२:४८ मंगलबार

पाथीभरा_मन्दिर तीर्थालु मृत्यु