समाज

ट्याक्टरले किच्दा एकको मुत्यु

ताप्लेजुङ– ताप्लेजुङमा ट्याक्टरले किच्दा एकजनाको मृत्यु भएको छ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका– २ फूलवारीमा ट्याक्टरले किच्दा स्थानीय १५ वर्षीय युवक फिरोज प्रधानकोको मृत्यु भएको हो। 

तमोर खोलाबाट बालुवा लिएर फूलवारीतर्फ जाँदै गरेको ना४त ५९२२ नम्बरको ट्याक्टरले किच्दा फिरोजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी सञ्जयसिहं थापाले जानकारी दिए। प्रहरीले ट्याक्टर चालक २४ वर्षीय प्रकाश शेर्पालाई नियन्त्रमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित: २५ चैत्र २०७५ ०४:३० सोमबार

ट्याक्टर मृत्यु दुर्घटना