समाज

युएईमा २ नेपालीको मृत्यु

यूएई - युनाइटेड अरब इमिरेट्स (यूएई)मा दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको भने २ जनाको अवस्था गम्भीर रहेको छ।

आफन्त विरामी भएर उपचारका लागि अस्पताल लैजाँदै गरेको अस्थामा चार जना नेपाली सवार ट्याक्सी दुर्घटनामा परेको हो।  दुर्घटना युएईको आबुधाबीमा भएको त्यहाँको संचारमाध्यमले जनाएको छ।

गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहे पनि परिचय खुल्न नसकेकाे बताइएकाे छ।

दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान गएको यूएई प्रहरीको भनाइ छ। परियार नवलपरासी कावासोतीका हुन् भने विश्वकर्माको स्थायी ठेगाना खुलेको छैन । अहिले मृतकको शव खालिफा अस्पतालमा राखिएको छ।

प्रकाशित: २३ चैत्र २०७५ ०३:३९ शनिबार

यूएई दुर्घटना मृत्यु