समाज

फेरि मौसम बदली हुने

काठमाडौं – बिहीबारबाट  देशभरको मौसम बदली हुने जल तथा मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अनुसार आगामी ३ दिनसम्म मौसम बदली रहने छ। 

 मौसमविद् बरुण पौडेलले प्रि–मनसुनको समय रहेकाले मौसममा परिवर्तन हुने बताए। यसपटक विशेष गरी पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले मौसम बदली हुनेछ भने खण्डबृष्टिको सम्भावना रहेको छ। त्यस्तै, पश्चिमी वायुको प्रभावले हिमाली क्षेत्रमा सामान्य हिमपात पनि हुनसक्ने छ।

बिहीबार राति देशको पूर्वी र मध्य भूभागका थोरै स्थानमा तथा पश्चिमी  भुभागका केही स्थानहरुमा मेघगर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। 

शुक्रबार देशको पुर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भूभागहरुमा आंशिक बदली रहने बताइएको छ।

शनिबार देशको अधिकांस भूभागहरुमा  सामान्य देखि पूर्ण  बदली रहनेछ। केहि स्थानहरुमा मेघ गर्जन र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली  भूभागहरुका अधिकांस स्थानहरुमा  हल्का देखि मध्यम  हिमपातको  संभावना रहेको महाशाखाले जनाएको छ। 

 

प्रकाशित: २१ चैत्र २०७५ १०:३६ बिहीबार

मौसम