समाज

लागुऔषधसहित दुई युवक पक्राउ

महोत्तरी – महोत्तरीको सम्सी गाउँपालीका ६ कन्हमा बोर्डरबाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा ललितपुर बज्रबराही नगरपालिका १२ का २९ वर्षीय कमल बुढाथोकी  र सिन्धुली कमलामाई नगरपालिका ४ का ३० वर्षीय राजु नेपाली रहेका छन्।

बा२९प ८७०६ नम्बरको पल्सर मोटराइकलमा आउँदै गरेका युवकहरूमाथि शंका लागि सशस्त्र प्रहरी बिओपी सम्सीका रामसागर यादवको टोलीले चेक प्वाइन्टमा खानतलासी गर्दा शरिरको विभिन्न भागमा लुकाईछिपाई प्रतिबन्धित औषधि ल्याउँदै गरेको फेला परेपछि दुवैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका युवाको साथबाट नाइट्राभेट–१० ट्यावलेट १ सय १० वटा बरामद भएको प्रहरीले जनाएको छ। भारतमा छ्यापछ्याप्ती पाइने सो ट्यावलेट लागुऔषधको रुपमा प्रयोग गर्ने भएकाले नेपालमा प्रतिबन्धित रहेको छ। 

प्रतिबन्धित औषधिसहित पक्राउ परेका दुवै युवकलाई सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि प्रहरी चौकीका प्रहरी नायव निरीक्षक आदित्यकुमार सिहंको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। दुवै युवकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ। 

 

प्रकाशित: १६ चैत्र २०७५ ०५:२२ शनिबार

लागूऔषध कन्हमा_बोर्डर महोत्तरी युवक