खोटाङ : खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले डढेलोपीडित चार परिवारलाई राहत प्रदान गरेको छ।
गत चैत्र १ गते स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायिक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका रावाबेँसी गाउँपालिका–५ दुबेकोल घलेगाउँका गोपाल पाण्डे, भीम पाण्डे, युवप्रसाद पाण्डे र ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौलालाई राहत रकम प्रदान गरेको हो।
डढेलोले घर जलेपछि कष्टकर जीवन बिताइरहेका पीडितलाई प्रतिपरिवार ५ हजारका दरले राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्षमा युगसन किरातले बताए।
प्रकाशित: ७ चैत्र २०७५ ०७:०३ बिहीबार