समाज

होलीमा जबरजस्ती रंग दल्ने र लोला हान्ने ८४ जना पक्राउ, ५३६ सवारी नियन्त्रणमा

काठमाडौं– उपत्यकास्थित विभिन्न स्थानहरूमा होली पर्वको अवसरमा जबरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अवान्छित गतिविधिमा संलग्न ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंका विभिन्न स्थानबाट १ महिला र ४४ पुरुष गरी ४५ जना, ललितरपुरबाट ३५ जना पुरूष र भक्तपुरबाट ४ जना पुरूषलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  

साथै महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरीले ५ सय १५ मोटरसाइकल र ४ वटा गाडी नियन्त्रणमा लिएको छ भने महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले १७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। 

प्रकाशित: ६ चैत्र २०७५ १०:५८ बुधबार

होली लोला सवारी