समाज

जग्गा दान गर्ने दाजुभाइलाई सम्मान

सोलुखुम्बु – सोलुदूधकुण्ड नगरपालिका–३, तामाखानीमा एक सामाजिक संस्थालाई जग्गा दान गर्ने दाजुभाइलाई सम्मान गरिएको छ। पिके सेवा केन्द्रलाई ३ रोपनी ११ आना जग्गा निःशुलक प्रदान गर्ने लोदिङका पासाङ शेर्पा र ग्याजेन शेर्पालाई सम्मान गरिएको हो। केन्द्रका लागि उनीहरूले संयुक्त रूपमा जग्गा प्रदान गरेका हुन्।

मंगलबार स्थानीय पुजाका अवसरमा जग्गादाता शेर्पा दाजुभाइलाई नगद ५० हजारसहित कदर–पत्रले सम्मान गरिएको हो। शेर्पा दाजुभाइले गरेको योगदानको प्रशंसा गर्दै अमेरिकामा बस्दै आएका लोदिङका स्थानीयले पुरस्कारका लागि नगद संकलन गरि पठाएको स्थानीय बासिन्दाले बताएका छन्।

प्रकाशित: ३० फाल्गुन २०७५ ०२:५२ बिहीबार

सोलुदूधकुण्ड_नगरपालिका तामाखानी जग्गा_दान सम्मान