समाज

खानेपानीको समस्या समाधानमा सरकार संवेदनशीलः मन्त्री मगर

पाल्पा – खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार संवेदनशील रहेको बताएकी छिन्। मन्त्री मगरले संविधानप्रदत्त स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रभावकारीरुपमा लागिपरेको बताएकी हुन्। 

‘स्वच्छ खानेपानी उपलब्ध गराउन नीति, योजना तथा कार्यक्रम सरकारले सञ्चालन गरिरहेको छ, खानेपानी मन्त्री बिना मगरले भनिन, सबैलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ।’ माथागढी गाउँपालिका–३, कसेनीमा सञ्चालन भएको फुलबारी एक्लेवर खानेपानी योजनाको पाल्पामा उद्घाटन गर्दै मन्त्री मगरले विकास निर्माणमा रहेका सबै आयोजनालाई समयमै कार्यान्वयन गर्न स्थानीय, प्रदेश सरकार र संघीय सरकारले एकीकृतरुपमा प्रयास गर्ने बताईन्। उनी भन्छिन्, एक घर एक धारा, एक घर शौचालय कार्यक्रम अगाडि बढाइएको छ। ग्रामीण खानेपानी तथा सरसफाई कोष मार्फत् पनि जनताको अपनत्व हुने गरि खानेपानीको प्रबन्ध भैरहेको छ। जनताको पानी जनताको लगानीका कारण दीगो व्यवस्थापन भएको छ। 

खानेपानी मन्त्री मगरले खानेपानीसँग महिलाहरुको प्रत्यक्ष सम्बन्ध हुने उल्लेख गर्दै महिलाको कार्यबोझ घटाउन खानेपानीको प्रबन्ध गर्नु आवश्यक रहेको बताईन। उनले पानीका मूलहरु सुक्दै गएकोमा चिन्ता व्यक्त गर्दै घरघरमा खानेपानी सेवा विस्तार गरि जीविकोपार्जनमा सहयोग पु¥यान आफु लागि परेको स्पष्ट पारिन। उनले पाल्पाको माडी खानेपानी योजनाको लागि पहल गर्ने समेत बताईन। प्रदेश ५ का प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले खानेपानी जनताको आधारभूत आवश्यकता भएकोले आफुहरुले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरि जिल्लामा खानेपानीको व्यवस्था गर्न लागिपरेको बताए । 

 

प्रकाशित: २५ फाल्गुन २०७५ १३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App