समाज

दुर्घटना कम गराउने चालक सम्मानित

मुगु– जिल्ला प्रहरी कार्यालय मुगुले ट्राफिक नियमको पालना गरी सुरक्षित तरिकाले सवारी चलाउने चालकलाई बुधबार सम्मान गरेको छ।

लामो समयदेखि मुगु जिल्लाभित्र र बाहिर सवारी चलाई सडक दुर्घटना न्यूनिकरण गर्ने लु१ज ३८१६ नम्बरका जिपचालक खत्याड गाउँपालिका २ का जगतबहादुर बुढालाई जिल्ला प्रहरी कार्यालयले सम्मान गरेको हो। उनलाई प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले नगद तथा प्रशंसा पत्र प्रदान गरेका मुगु प्रहरीले जनाएको छ। इमानदार भई ट्राफिक नियम पालना गर्ने सवारीचालकलाई सम्मान गर्दा अरू चालकले पनि सुरक्षित महसुस गर्ने र सवारी दुर्घटना कम गर्ने उद्देश्यले कार्यक्रम गरिएको मुगुका डीएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए। 

साउनयता जिल्लामा ६ वटा दुर्घटना भएका र जसमा तीन जनाको मृत्यु, एक जना सख्त घाइते र एक जना सामान्य घाइते भएको अस्थायी ट्राफिक कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक कलकबहादुर शाहीले बताए। यसबीच जिप, ट्रयाक्टर, एक्स्काभेटर र मोटरसाइकल गरी ६ वटा दुर्घटना भएका थिए। पूर्ण क्षति एक र सामान्य क्षतिका दुई वटा घटना भएका थिए। सडकको खराब अवस्थाका कारण दुई, मानवीय कमजोरीका कारण एक र यान्त्रिक कारणले दुर्घटना भएको प्रहरी नायब निरीक्षक शाहीले बताए। 

प्रकाशित: ८ फाल्गुन २०७५ ११:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App