समाज

अवरुद्ध जुफाल विमानस्थल सुचारु

डोल्पा - भारी हिमपातले अवरुद्व डोल्पाको जुफाल विमानस्थल सञ्चालनमा आएको छ। जमेको हिउँ आइतवार हटाइएपछि पाँच दिनदेखि अवरुद्ध विमानस्थलमा सञ्चालनमा आएको हो। सय जना कामदार लगाएर हिउँ फालिएपछि सोमवार विहानबाट हवाई सेवा सुचारु भएको हो।

गत बुधबार भएको भारी वर्षा र हिमपातले विमानस्थलमा १५ इन्च भन्दाबढी हिउँ जमेपछि हवाई सेवा अवरुद्ध भएको थियो। हवाई सेवा अवरुद्ध हुँदा डोल्पाबाट नेपालगन्ज, सुर्खेत जाने यात्रुहरु अलपत्र परेका थिए।

लगातारको हिमपातले अवरुद्ध हवाई सेवा सुचारु गर्नको लागि ठुलीभेरी नगरपालिकाको आर्थिक सहयोगमा सय कामदार लगाएर धावनमार्गमा जमेको हिउँ हटाइएको थियो। विमनास्थलको धावनमार्गको हिउँ फालिएसंगै सोमवार निजी एयरलाइन्सका तारा एयर र सुमिट एयरले पाँच ओटा उडान भरेको तारा एयर जुफालका स्टेशन मेनेन्जर यज्ञ ठकुललाले बताए।

 

प्रकाशित: २८ माघ २०७५ ०६:१७ सोमबार

हिमपात जुफाल_विमानस्थल सुचारु