समाज

चिकित्सक साहकी छोरीका अपहरणकारी पक्राउ

काठमाडौं- प्रसूतिगृहकी चिकित्सक बबिता साहकी छोरी अपहरणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। महनगरीय प्रहरी परिस काठमाडौंले अपहरणका मुख्य आरोपी मनीष गुप्तालाई महोत्तरीबाट पक्राउ गरेको हो। बालिका सन्दिज्ञा साह माघ ११ गते अपरहणमा परेकी थिइन्।

प्रहरीले यस अघि बबलु श्रेष्ठ र आरती गुप्तालाई पक्राउ गरिसकेको छ। दुई वर्षिय सन्दिज्ञालाई प्रहरीले गौशालाबाट सकुशल उद्दार गरेको थियो।

प्रकाशित: २२ माघ २०७५ ०८:४९ मंगलबार

अपहरण पक्राउ प्रहरी