समाज

बेपत्ता एक व्यक्ति मृत फेला

ताप्लेजुङ – सात दिनदेखि बेपत्ता ताप्लेजुङको फुङ्लिङका ५३ वर्षीय सन्तबीर दियाली मृत अवस्थामा फेला परेका छन्।

उनको शव फुङ्लिङ नगरपालिका अमलेडाँडास्थित तमोर नदीमा ढुङ्गामा अल्झिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

शव पोष्टमार्टमपछि मृतकका छोरा राजकुमार दियालीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ माघ २०७५ ०८:३६ मंगलबार

सन्तबीर_दियाली ताप्लेजुङ