समाज

अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीको सहयोग

खोटाङ– खोटाङ सरस्वती मावि दिक्तेलका अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेका छन्। गत कात्तिक २३ गते बिहान ३ बजे आगलागीका कारण दिक्तेल रुपाकोट मझुवागढीका शिक्षक कृष्णकुमार श्रेष्ठको घर ध्वस्त भएको थियो। उनको घरसँगै त्यसबेला तीन वटा घर पूर्ण रुपमा जलेका थिए। 

हाल सिंगापुर पुलिस फोर्समा कार्यरत पूर्वविद्यार्थीले आफ्ना श्रेष्ठलाई १ लाख ५८ हजार ९ सय ६४ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। संकलित रकम सोमबार सरस्वती माविमा आयोजित कार्यक्रममा सिंगापुर पुलिस फोर्सका अफिसर नवीन राईले उक्त सहयोग हस्तान्तरण गरेका हुन्।

सिंगापुर पुलिस फोर्समा कार्यरत इन्सपेक्टर नवीन राई, बालजित राई, जितेन्द्र राई, सव–इन्सपेक्टर खड्गविक्रम राई, स्टाफ सार्जिन्ट प्रकाश जोशी, होमकाजी गुरुङलगायतबाट संकलित रकम अग्निपीडित शिक्षकलाई प्रदान गरिएको हो। 

प्रकाशित: २१ माघ २०७५ १०:५९ सोमबार

अग्निपीडित शिक्षक सहयोग