समाज

छ वर्षीय बालकलाई ब्लड क्यान्सर, आमाद्वारा सहयोगको याचना

क्यान्सरबाट पीडित निमा लामा (राताे टिसर्ट लगाउने) ।

काठमाडौं– आर्थिक अभावमा एक क्यान्सर पीडित बालकलाई अस्पतालबाट घर फर्काइएको छ। सिन्धुली मरिण गाउँपालिका ३ मयौलीका सेतिमाया लामाका ६ वर्षीय छोरा निमा लामालाई सिभिल हस्पिटल काठमाडौंले घर फिर्ता पठाएको हो। निमालाई ५ वर्षको हुँदा नै ब्लड क्यान्सर भएको थियो। एक वर्षसम्म उपचार गराउँदा पनि रोग निको नभएपछि अहिले थप उपचारको लागि करिब २५ लाख रुपैयाँ लाग्ने डाक्टरहरुले बताएका छन्। सिभिल हस्पिटलमा उपचार गराइरहेका निमाको थप उपचारको लागि अवश्यक पर्ने रकम नहुँदा घर फिर्ता पठाएको आमा सेतिमाया लामाले जानकारी दिइन्। 

एक वर्षको अवधिमा करिब १५ लाख रुपैयाँ खर्च भएको र त्यो सबै ऋण निकालिएको उनको भनाई छ। आर्थिक अभावका कारण थप उपचार गर्न नसकिएको भन्दै सिभिल अस्पताले फ्लोअपमा आउने गरी माघ ८ गते डिस्चार्ज गरेको थियो। चिकित्सकले करिब २० देखि २५ लाख रुपैयाँ जम्मा गरेर मात्र अस्पताल आउन भनेका छन्। 

आर्थिक अवस्था एकदमै कमजोर रहेका उनीहरु २० लाख त के २० हजार पनि संकलन गर्न गाह्रो भइरहेको भन्दै सेतीमायाले आर्थिक सहयोगको लागि सबैमा अपिल गरेकी छन्। उनको उपचार गर्न आर्थिक सहयोग गर्न चाहनेहरुले ग्लोबल आइ एमई बैंक नयाँ बानेश्वरमा निर्मला लामाको नाममा रहेको खाता नम्बर २९०७०१०००८४४६ पैसा जम्मा गरिदिन निमाको परिवारले आग्रह गरेका छन्। थप जानकारीको लागि निर्मला लामा ९८६०६४५३९२ तथा आमा सेतीमाया लामाको सम्पर्क नम्बर ९८०८६८२०१३ मा सम्पर्क गर्न सकिन्छ। 

प्रकाशित: १९ माघ २०७५ ०९:२१ शनिबार

बालक ब्लड_क्यान्सर उपचार आर्थिक_अभाव