समाज

अश्लिल भिडियोबारे अनुसन्धान जारी : प्रहरी

काठमाडौं - सार्वजनिक सवारी साधनभित्र भएको अश्लिल क्रियाकलापसम्बन्धीे भिडियोका विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले सम्बन्धित एकाइबाट सुक्ष्म अनुसन्धान भइरहेकाले दोषी पत्ता लगाई कारबाही गर्ने बताए। प्रहरीले शुक्रबार नै एक विज्ञप्तिमार्फत हाल सामाजिक सञ्जालमा देखिएको अश्लिल भिडियोको सम्बन्धमा प्रहरीको गम्भीर ध्यानाकर्षण भएकाले घटनाको विषयमा स्पष्ट भएपछि सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ।

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिए। उनले सामाजिक सञ्जालमा आएको भिडियोको प्राविधिक पक्षबारे विश्लेषण भइरहेकाले अहिले नै यकिन भन्न नसकिने बताए।रासस

प्रकाशित: ११ माघ २०७५ १५:१३ शुक्रबार

अश्लिल भिडियो अनुसन्धान