समाज

शैलुङमा पाँच फिट हिउँ

रामेछप र दोलखाको धार्मिक तथा संगम स्थाल शैलुङ डाँडामा बुधबार दिउँसो सेताम्य परेको हिउँ । तस्बिर सौजन्य : दावा शोर्पा

रामेछाप – रामेछाप र दोलखाको सगंमस्थल शैलुङमा पाँच फिट हिउँ जमेको छ। मंगलबार रातीदेखि लगातार हिउँ परेहेकाले त्यहाँको जनजीवन कष्टकर बनेको हाे। हिमपातले डाँडाकाडा सेताम्य भएका छन्। यो सिजनमा ३ पटक हिउँ परेकाले जनजिवन कष्टकर बन्दै भएको छ।

यतीबेला यहाँका बासिन्दा घर बाहिर निस्किन सकेको छैनन्। ‘सबै जना घर भित्रै आगे तापेर बसेको थानीय दावा शेर्पाले बताए। बाहिर निस्किेर दैनिक केही काम गर्न नसकेको छैन,  उनले बताए। हिउँले धाराको पानी जमेकोले पानीको समस्या भएको छ।’ पानी जमेपछि भाडोमा हिउँ तताएर प्रयोग गर्नुपरेको उनले बताए।

बाक्लो हिमपातले गाई, बस्तुलाई समेत प्रभाव पारेको छ। बुधबार बिहानदेखि बिजुली अवरुद्ध हुँदा शैलुङ गाउँपालिका अन्धकार भएको गाउँपालीकाका अध्यक्ष भरत दुलालले बताए। ‘निरन्तर हिमपात र अविरल वर्षका कारण त्यहाको अधिकांश विद्यालय बन्द भएको छ भने रामेछापबाट शैङहुँदै दोलखा जाने यातायात समेत अवरुद्ध भएको छ।’

दुलालले भने, ‘तर हिमपात पर्दा कृषक भने खुुशी भएका छन्।’ शैलुङ डाँडा पुरै हिउँले ढाकेको छ भने तापक्रम माइनसमा झरेको छ। हिमपातका कारण वृद्धावृद्ध र बालबालिकाका दैनिकी झनै कष्टकर बनेको स्थानीय बताउँछन्।

प्रकाशित: १० माघ २०७५ ०७:३९ बिहीबार

शैलुङ हिमपात हिउँ