समाज

चुदालीलाई राष्ट्रिय एपिक व्यक्तित्व सम्मान

काठमाडौं– सामाजीक क्षेत्रमा काम गर्दै आएका युवा नेता दीपक चुदाली राष्ट्रिय एपिक व्यक्तित्व सम्मान–२०७५ बाट सम्मानित भएका छन्।

शुक्रबार राजधानीमा आयोजित एक समारोहकाबीच पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहलले चुदालीलाई सम्मान गरेका हुन। सामाजिक जागरण र युवा सशक्तिकरणमा सक्रिय चुदालीलाई राष्ट्रिय जीवनमा सकारात्मक योगदान पुर्‍याए वापत उक्त सम्मान गरिएको आयोजक एपिक नेपालले जनाएको छ । कपिलवस्तु निवासी अभियन्ता चुदाली नेकपाका युवा नेता हुन। 

प्रकाशित: ६ माघ २०७५ १०:५१ आइतबार

सामाजीक_क्षेत्र एपिक_व्यक्तित्व_सम्मान