समाज

सुवेदीलाई सहयोगको आह्वान

काठमाडौं – नागरिक दैनिकका वरिष्ठ संवाददाता अर्जुन सुवेदीको उपचारका लागि नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले सहयोगका लागि आह्वान गरेको छ। म्याग्दी बेनी स्थायी घर भएका सुवेदी एक दशकदेखि नेपाल रिपब्लिक मिडियामा कार्यरत छन्। सुवेदी कलेजो र पित्तनलीमा समस्या देखिएपछि भारतमा उपचार गराइरहेका छन्।

उनी हाल भारतको रेला इन्स्टियुट एन्ड मेडिकल सेन्टर चेन्नइमा उपचाररत छन्। गत साता उनको आन्द्राको शल्यक्रिया भएको थियो। एक वर्षदेखि पित्तनलीको स्टेन्ट परिर्वतन गर्दा उपचारमा ठूलो रकम खर्च भएकाले महासंघले सहयोगको लागि सम्पूर्णमा आग्रह गरेको छ।

महासंघ प्रतिष्ठान प्रदेश समितिका महासचिव वालकृष्ण अधिकारीद्वारा जारी विज्ञप्तिमा ‘उपचारमा ४० लाख रुपैयाँभन्दा बढी खर्च आवश्यक हुने भएकाले सहयोगका लागि रकम आवश्यक पर्ने’ बताइएको छ। उपचारमा धेरै रकम आवश्यक पर्ने भएकाले सहयोगको याचना गरिएको हो। सुवेदीको उपचारका लागि आर्थिक सहयोगको आह्वान गर्दै प्रतिष्ठान प्रदेश समिति प्रभु बैंक, अनामनगरको खाता नम्बर ००१००१०१०६९२७१०००००१ मा सहयोग रकम जम्मा गर्नसमेत आग्रह गरिएको छ।

प्रकाशित: ६ माघ २०७५ ०२:२६ आइतबार

नेपाल_पत्रकार_महासंघ संवाददाता अर्जुन_सुवेदी उपचार