समाज

सुन गायब पार्ने एक भारतीय नागरिक पक्राउ

रुपन्देही - रुपन्देहीको सैनामैनाबाट सुन गायब गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहारका १९ वर्षीय अमन कुमार शाहले सैनामैना नगरपालिका वडा न.११ बनकट्टा ताली बस्ने वर्ष ३४ की तारा रेग्मीको डेढ तोलाको सुनको सिक्रि नि:शुल्क चम्काइदिने भन्दै गायब बनाएका थिए।

रेग्मीलाई ललाईफकाई नि:शुल्क सिक्रि चम्काइदिन्छु भन्दै विभिन्न केमिकलहरु प्रयोग गरि सुन नै गायब गराएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हाे। सुन सफा गर्न दिएपछि केही समयमै उक्त सिक्रिमा सुनको मात्रा नै घटेको आशंकामा तौल गर्दा ८०.५ लाल नै गायव भएको पीडित रेग्मीले बताइन्। उक्त सुनको बजार मुल्य अनुसार अनुमानित ५० हजार बराबरको सुन गायव भएको प्रहरीले जनाएको छ। पक्राउ परेका शाहलाई ठगी मुद्दा दर्ता गरि कानुनी कारबाही गरिने  इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविन राज मैनालीले जानकारी दिए। 

 

प्रकाशित: २६ पुस २०७५ १२:२८ बिहीबार

सुन गायब  भारतीय_नागरिक