समाज

सिन्धुलीस्थित बम्जन आश्रमका दुई जना प्रहरी नियन्त्रणमा

सिन्धुलीको कमलामाई नगरपालिका ८ पैरेस्थित बम्जन आश्रममा सोधपुछ गर्दै प्रहरी ।   तस्बिरः अनिल भण्डारी

सिन्धुली - लिटिल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बम्जन आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुली प्रहरीले सोधपुछका लागि भन्दै कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट उनीहरुलाई पक्राउ गरेको हो।

आश्रमका महात्मा गुरु भनिने सर्लाहीका गोपाल योञ्जन र मकवानपुरका इन्द्रबहादुर स्याङतानलाई जिल्ला प्रहरी कार्यालयको टोलिले पक्राउ गरेको बोधि श्रवण धर्म संघका केन्द्रिय सदस्य छत्र घिसिङले जानकारी दिए। ‘केही सोधपुछका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएर गएको हो,’ उनले भने। उनीहरुलाई सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको भए पनि विस्तृत विवरण प्रहरीले खुलाएका छैन। ‘हामीले केही सोधपुछका लागि मात्रै ल्याएका हौ,’ जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रामेश्वरप्रसाद यादवले भने। 

सिन्धुलीस्थित बम्जन आश्रममा सिन्धुपाल्चोकका जिल्ला प्रहरी कार्यालयका डिएसपी विमल कडेलको नेतृत्वको टोलिले बुधबारदेखि अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २६ पुस २०७५ ०५:४८ बिहीबार

रामबहादुर_बम्जन आश्रम प्रहरी बेपत्ता