समाज

घुस लिने सहायक अधिकृत विरुद्ध विशेषमा मुद्दा दायर

काठमाडाैं - मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ३३ हजार घुस लिने सहायक वन अधिकृृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अख्तियारले मंगलबार राजकुमार ठाकुर विरुद्ध विशेषमा मुद्दा दायर गरेकाे हाे।

डिभिजन वन कार्यालय म्याग्दी अन्तर्गतको सवडिभिजन वन कार्यालय मंगलाघाटमा कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुरलाई पोखराबाट खटिएको अख्तियार टोलीले घुस वापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।

ठाकुरले वन कार्यालयमा पर्न आएको काठ कटानी सम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए।

 

प्रकाशित: २४ पुस २०७५ १०:४६ मंगलबार

विशेष_अदालत मुद्दा घुस अख्तियार