समाज

स्वर्गीय राजा वीरेन्द्रको सम्झना

गोदावरी -  स्वर्गीय राजा वीरेन्द्र शाहको ७४ औँ जन्मजयन्ती शनिबार मनाइएकाे छ। स्व.राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पुर्याएको योगदानलाई कदर गर्दै ललितपुरको जाउलाखेलमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले उनको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्का अध्यक्ष शङ्खर पौडेलले स्व राजा वीरेन्द्र एक प्रजातन्त्रप्रेमी र सच्चा देशभक्त राजा भएको विचार व्यक्त गरे। वीरेन्द्रको शालिक माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण कार्यक्रममा पूर्व राजाका प्रमुख मुख्य सचिव पशुपतिभक्त महर्जन, संवाद सचिव डा फणीराज पाठकलगायत धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र समाजसेवीको उपस्थिति रहेकाे थियो । वीरेन्द्र शाहको २०५८ साल जेठ १९ मा राजदरवारमै सपरिवार हत्या भएको थियो।रासस

प्रकाशित: १४ पुस २०७५ १०:०८ शनिबार

वीरेन्द्र_शाह जन्मजयन्ती