समाज

ट्याक्टर दुर्घटनामा एककाे मृत्यु

खोटाङ - ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एक कामदारको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा शुक्रबार मे १ त ६९३१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा खोटाङ बृहत पम्पिङ खानेपानी आयोजनाको बितरण लाईनमा काम गरिरहेका लामा कन्ट्रक्सनका स्टोर किपर सुमन वाग्लेको मृत्यु भएको हो।

साबिकको च्यास्मीटार–३ सार्पामा ढुंगा पुर्याएर च्यास्मीटार फर्कनेद क्रममा बडहरेपानी भन्ने ठाउँमा ट्याक्टर पल्टिदा वाग्लेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। ट्याक्टरका चाकल र सह–चाकल भने हाम फालेर जोगिएका प्रहरीले जनाएको छ। सडकबाट ट्याक्टर करिब ५ मिटर तल खसेको स्थानीयले बताएका छन्। 

 

प्रकाशित: २८ मंसिर २०७५ १०:१४ शुक्रबार

ट्याक्टर_दुर्घटना