समाज

ट्रक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

धादिङ - धादिङको गल्छी गाउँपालिकास्थित गोगनपानीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गोगपानीबाट थाक्रे गाउँपालिकाको महादेवबेसीतर्फ जाँदै गरेको ना ५ ख ६६४७ नम्वरको मिनी ट्रक ठुलोपाखा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। अनियन्त्रित भई ट्रक सडकबाट करिव एकसय पचास मिटर तल खोचमा खसेको थियो। दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकका साहु थाक्रे मान्खु निवासी २५ वर्षीय साजन सुनार रहेका छन्। उनको घटनास्थलमा नै मृत्यु भएको हो।

दुर्घटनामा दुईजना गम्भीर घाईते भएका छन्। उनीहरुको काठमाडाैं स्थित अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। 

प्रकाशित: १० मंसिर २०७५ १०:०३ सोमबार

धादिङ ट्रक_दुर्घटना