समाज

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

इलाम- यहाँस्थित माङसेबुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

आज दिउँसोे १ बजे माङसेबुङ गाउँपालिका–३ भञ्ज्याङस्थित फाल्गुनन्द कच्ची सडकखण्डमा पाँचथरबाट दमकतर्फ अदुवा लिएर गएको ट्याक्टर दुर्घटना हुँदा चालक २८ वर्षीय नबिन कुरुवाङ र सहचालक धनकुटाका २२ वर्षीय गोकुल लिम्बूको निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख माधव श्रेष्ठका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि दमक लाइफ लाइन झापा लगेकामा उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित: ३० कार्तिक २०७५ १५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App