समाज

नवलपरासीको कावासोतीमा बस दुर्घटना, १६ घाइते

कावासोती – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

दाङबाट काठमाडौंका लागि छुटेको ना६ख ६३०१ नंको बस अनियन्त्रित भई पल्टिँदा घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएका दाङ सतवरीया–८ की २६ वर्षीया पुजा तामाङ, लमही–९ की ३० वर्षीया कल्पना बुढामगर, देउखुरीकी ४७ वर्षीया रामदुल्ली चौधरी र देउखुरी–६ की ५० वर्षीया प्रदेसु चौधरीको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

बसमा ४५ यात्रु सवार रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालय पूर्वका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए। रासस

प्रकाशित: २९ कार्तिक २०७५ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App