समाज

करेन्ट लागेर एक किशोरको मृत्यु

गौशाला – महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा सो नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। आफ्नै घरको आँगनमा रहेको पानी तान्ने मोटरमा नुहाउने क्रममा विद्युत चुहावट भइ करेन्ट लागेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

करेन्ट लागेर गम्भीर घाइते भएका राउतलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याइएकामा उनको उपचारका क्रममा मृत्यु भएको हो। रासस

प्रकाशित: ११ कार्तिक २०७५ ०६:२२ आइतबार

करेन्ट मृत्यु