काठमाडौं– एक वर्षदेखि सवारीचालक अनुमतिपत्र पाउन नसकेकालाई स्मार्ट लाइसेन्स दिन यातायात व्यवस्था विभागले नयाँ कम्पनीलाई स्मार्ट लाइसेन्स छाप्ने जिम्मेवारी दिएको छ।
यातायात व्यवस्था विभागले ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा रहेका ग्रहकलाई २ महिना भित्र लाईसेन्स दिने गरी मालिका इन्कर्पोरेटसँग संझौता गरेको हो।
विभागका प्रवक्ता गोकर्णप्रशाद उपाध्यायका अनुसार ५ लाख आवेदक अहिले ट्रयल पास गरी स्मार्ट लाईसेन्सको प्रतीक्षा सूचिमा छन्। उपाध्यायका अनुसार मालिकाले ४५ दिन भित्र ५ देखि ६ लाख स्मार्ट कार्ड छापिसक्ने छ। प्रति थान १५ रुपैयाँमा भएको संझौता अनुसार विद्युतलगायतका भौतिक पूर्वाधार भने विभागले नै उपलब्ध गराउनेछ।
दुई महिनाभित्र प्रतीक्षा सूचीमा बसेका सबै लाभग्राहीले कार्ड पाइसक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ । प्रतीक्षा सूचीमा बसेकाको समस्या समाधान भएपछि विभागले अत्याधुनिक यन्त्रमार्फत दैनिक आठ हजार कार्ड छाप्ने तयारी गरेको जनाएको छ । त्यसका लागि बोलपत्र आब्हान भइसकेको छ ।
प्रकाशित: ६ कार्तिक २०७५ ०८:५२ मंगलबार