समाज

तरबार प्रहारबाट गम्भीर घाइते

धादिङ –  धादिङको बेनिघाट रोराङ गाउँपालिका १, सिमटारमा तरबार प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। खानेपानीको विषयलाई लिएर विवाद हुँदा स्थानीय सुमबहादुर तामाङले शुक्रबार राती तरबार प्रहार गरेका थिए। तरबार प्रहारबाट सोही ठाउँका अभिषेक तामाङ गम्भीर घाइते भएका छन्।

उनको बीर अस्पताल काठमाडौँमा उपचार भइरहेको छ। पेट र हातमा चोट लागेको तामाङको अवस्था गम्भीर रहेको पारिवारीक स्रोतले जानकारी दिएको छ। तरबार प्रहार गर्ने सुमबहादुरलाई गजुरी प्रहरीले पक्राउ गरेको छ। सुमबहादुर यस अघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई सजाय भोगेका थिए।

 

प्रकाशित: ३ कार्तिक २०७५ १४:३९ शनिबार

तरबार गम्भीर