समाज

सुनकोशी किनारमा मृत फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशी नदीमा शुक्रबार दिउँसो एक अज्ञात पुरुष मृत फेला परेका छन्। 

अन्दाजी ३०–३५ वर्षका देखिने पुरुषको लास फेला परेको दोलालघाट प्रहरी चौकीका हवल्दार सुरेश चौधरीले बताए। उनका अनुसार सुनकोशी नदीको छेउमा ढुङ्गामा अड्किइ सडेगलेको र क्षतविक्षत अवस्थामा भेटिएको उक्त लासको पहिचान खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७५ १५:११ शुक्रबार

सुनकोशी_नदी अज्ञात_पुरुष