समाज

धादिङमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु, तीन घाइते

धादिङ– धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा टिपर पल्टिदा ३ जनाको मृत्यु भएको छ। थाक्रे गाउँपालिका १० भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके जाँदै गरेको बा ५ प २४१८ नम्बरको टिपर अनियन्त्रित भई शुक्रवार साँझ दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा दुई जनाको घटनास्थलमा र १ जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाका इन्पेक्टर उद्धव पोखरेलले जानकारी दिए। दुर्घटनामा तीन जना घाइते भएका छन्। 

टिपरमा कतिजना थिए खुल्न सकेको छैन, अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित: २६ आश्विन २०७५ १४:४१ शुक्रबार

टिपर_दुर्घटना धादिङ