समाज

चार दिनदेखि किशोर सम्पर्क बिहिन

रुपन्देही- रुपन्देही सैनामैना १ वनकट्टाबाट १४ वर्षिय प्रविण केसी ४ दिनदेखि बेपत्ता भएका छन्। बुटवल बेलबास एलबी नमूना आवासीय मावि कक्षा ८ मा अध्ययनरत केसी असोज १९ गतेदेखि सम्पर्क बिहिन भएका हुन्। उनी रुपन्देही सैनामैना नगरपालिका –१ बनकट्टामा मामाघर बसेर अध्ययन गर्दै आएका थिए। विद्यालयबाट आएपछि अपरान्ह ४ बजेदेखि किशोर सम्पर्कविहिन भएको परिवारजनले बताएका छन्। उनको जन्मघर अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानी हो। किशोर  हराएपछि खोजी दिन अभिभावकले आग्रह गरेका छन्।

छोरा हराएपछि अभिभावकले ईलाका प्रहरी कार्यालय रन्यौरा सैनामैनामा खोजतलासका लागि निवेदन दिएका छन्। आमा मधु केसी खत्रीले साँझ ५ बजे नेपालगञ्ज पुगे, म भारत हिँडे भनेर फोन आएको त्यसपछि सम्पर्कविहिन भएको भन्दै छोरा खोजिदिन अपिल गरेकी छन्।

गोरुसिंङ्गे कपिलवस्तु गएर एक पटक नयाँ व्याक्तिको मोवाईल नम्बरबाट आमालाई फोन गरी जानकारी गराएको परिवारको भनाई छ।

 

प्रकाशित: २२ आश्विन २०७५ १२:०० सोमबार

किशोर बेपत्ता