समाज

कपडा रंग्याउने केमिकल मिठाईमा, बानेश्वरको संगम स्वीटसमा शिलबन्दी

काठमाडौं– बानेश्वरमा रहेको संगम स्वीटसले मिठार्इ बनाउनका लागि कपडामा रंग निकाल्न प्रयोग गरिने अखाध्य केमिकल प्रयोग गर्ने गरेको पाइएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालाय र उपभोक्ताकर्मीसहितको अनुगमन टोलीले कपडामा प्रयोग गरिने ‘हाइड्रो वान’ भन्ने केमिकल प्रयोग गरेको फेला पारेको हो। शरीरका लागि हानिकारक रसायन प्रयोग भएको पाइएपछि मंगलबार शिलबन्दी गरिएको छ। 

अनुगमनको क्रममा मिठाइ बनाउने स्थानमा ‘वन्ली युज फर टेक्सटाइल’ भनेर लेखिएको केमिकल भेटिएपछि शिलबन्दी गरिएको हो।पसलको भान्छा पनि फोहोर रहेको र तेल घेरै पटक प्रयोग गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संगम स्वीटका मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको जनाएको छ। अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडा रंग्याउन प्रयोग गरिने वस्तु भएको प्रमाणित भएको छ। 

प्रकाशित: १६ आश्विन २०७५ १२:४६ मंगलबार

संगम_स्वीटस शिलबन्दी