समाज

घुससहित प्रहरी हबल्दार पक्राउ

सर्लाही- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार घुस रकमसहित एक प्रहरी हबल्दारलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत हबल्दार नरुल अन्सारीलाई घुस बापत लिएको ३० हजार नगदसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

भारतीय सीमा बजारबाट विभिन्न सामान आयात गर्नका लागि लाइन मिलाई दिने भन्दै एक व्यापारीसँग हबल्दार अन्सारीले घुस बापत उक्त रकम लिएको बताईएको छ। विशेष सूचनाका आधारमा अख्तियारको बर्दीबासस्थित कार्यालयबाट खटिएको टोलीले सदरमुकाम मलंगवास्थित टावर चोकबाट दिउँसो हबल्दार अन्सारीलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारका एक कर्मचारीले बताए ।

प्रकाशित: १६ आश्विन २०७५ ११:१७ मंगलबार

अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग घुस प्रहरी_हबल्दार