समाज

नागरिककर्मी घिमिरे सम्मानित

काठमाडौं– नागरिककर्मी शिवहरि घिमिरे सम्मानित भएका छन्। व्यावसायिक पत्रकारिताको माध्यमबाट सामाजिक जागरण र साँस्कृतिक क्षेत्रमा योगदान पुर्याएको भन्दै नवजीवन परोकार समाजले शनिवार एक कार्यक्रमकाबीच नागरिककर्मी घिमिरेसहित सातजना सञ्चारकर्मीलाई सम्मान गरेको हो।

समाजका सद्भावनादूत नायक निखिल उप्रेती र समाजका अध्यक्ष दुर्गानाथ दाहालले संयुक्त रुपमा सम्मान गरेका थिए। अन्य सम्मानित हुनेमा राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता कुमार चौलागाई, सिपोस्ट न्यूज डटकमका प्रधानसम्पादक दिनेश दाहाल, अमेरिकाको खसोखास पत्रिकाका नेपाल च्याप्टर सम्पादक अस्मिता खड्का, र सञ्चारकर्मी रोहित भण्डारी छन्।

सोही अवसरमा सडक पेटीमा बस्दै आएका वृद्धालाई लत्ताकपडा पनि वितरण गरिएको संस्थाका अध्यक्ष दाहालले जानकारी दिए। उक्त संस्थाले लामो समयदेखि प्राणी हितमा काम गर्दै आएको छ।

प्रकाशित: १३ आश्विन २०७५ १३:२४ शनिबार

शिवहरि_घिमिरे सम्मान नवजीवन_परोकार_समाज