महोत्तरी - यातायाता व्यवस्था सेवा कार्यालयले वर्दिबासबाटै सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरण गर्ने कार्य शुरु गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागको २०७५ असार २८ गतेको निर्णय अनुसार सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरण कार्य यातायाता व्यवस्था सेवा कार्यालय वर्दिवासबाटै शुरु हुने निमित्त प्रमुख पोषण थापाले बताए। वर्दिवासमा ट्रायल सेन्टर निर्माण कार्य भइ रहेको र सेन्टर निर्माण भए लगतै मोटरसाईकल र स्कुटरकोे लाइसेन्स वितरण गर्ने कार्य प्रारम्भ गरिने थापाले बताए।
असार २८ गते नै भौतिक पूर्वाधार तयार भएका सेवा कार्यालयहरुलाई लाईसेन्स वितरणका लागि अधिकार प्रत्यायोजन गरी सकेपनि प्रदेश सरकार र संघिय सरकारबीच आपसी समन्वयका अभावमा सो कार्य शुरु हुन सकेको थिएन। तर अहिले आएर प्रदेश सरकारले पूर्ववतरुपमै लाइसेन्स वितरणको कार्य प्रारम्भ गर्ने तयारी गरेकाे छ, त्यस लगतै वर्दिवासबाट लाईसेन्स वितरण कार्य शुरु हुनेछ। लाईसेन्स वितरणको तयारी तिव्ररुपमा भइ रहेको थापाले बताए। यातायात व्यवस्था विभागले अधिकार प्रत्यायोजना पहिले नै गरी सकेपनि हाल सम्म जनकपुर यातायात कार्यालयकै कोडबाट वर्दिवासमा लाइसेन्स नविकरण , व्लुवुक नविकरण लगायतका कामहरु हुँदै आएको थियो। अव भने २०७५ भदौं २१ गते देखि यातायाता व्यवस्था सेवा कार्यालय वर्दिवासको आफनै कोडबाट कामकाज शुरु भइ सकेको निमित्त प्रमुख थापाले बताए।
प्रकाशित: ११ आश्विन २०७५ १०:२५ बिहीबार