समाज

ढुङ्गाले च्याप्दा एक मजदुरको मृत्यु

गुल्मी– रेसुङ्गा नगरपालिकामा ढुङ्गाले च्याप्दा एक मजदुरको ज्यान गएको छ। रेसुङ्गा नगरपालिका १२ छापमा मगंलवार दिउँसो ढुङ्गाले च्याप्दा स्थानीय ५२ बर्षीय गुनबहादुर कामीको ज्यान गएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतका अनुसार ढुङ्गाखानी भित्र ढुङ्गा निकाल्दै गर्दा माथिबाट ढुङ्गा झरेर च्यापेको हो। ढुङ्गाले च्यापेर गम्भीर घाइते कामीको अस्पताल पु-याउँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ। 

उनको शवलाई पोष्टमार्टम गरि आफन्तलाई बुझाइएको प्रहरी नायव निरीक्षक शिव बहादुर खत्रीले जानकारी दिए। गुन बहादुरले लामो समयदेखि उक्त ढुङ्गा खानीमा काम गर्दै परिवारको गुजारा चलाउँदै आएका थिए। 

प्रकाशित: ९ आश्विन २०७५ १२:३३ मंगलबार

दुर्घटना मजदुर ढुङ्गाखानी