समाज

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट तीन संस्था पुरस्कृत

काठमाडौं– रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले सामाजिक क्षेत्रमा क्रियाशिल तीन संस्थालाई सम्मान  गरेको छ। कोषले परिवारबाट अवहेलित भई कष्टकर जीवन बिताइरहेका असहाय, ज्येष्ठ नागरिक, महिला, बालबालिकाहरुको स्याहारसुसार तथा पालपोषण गर्दै आइरहेका तीन संघसंस्थालाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको हो। 

कोषले पाचौ पुरस्कार तथा सम्मान अर्पण समारोहमा शनिबार रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कारबाट असहाय ज्येष्ठ नागरिकको पालनपोषण गर्दै आएको विराटनगर महानगरपालिकामा रहेको विराटेश्वर वृद्धाश्रम सेवा समितिका र त्यसका  संस्थापक जगतप्रसाद अज्र्याललाई दुई लाख नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो। रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट सुस्तश्रवण, शारीरिक अपाङ्ग र दृष्टिविहीन असहाय बालबालिकाहरूलाई गाँस, बास र शिक्षा प्रदान गर्दे आएको ललितपुरको बुङमतिमा अवस्थित अपाङ्ग सेवा संघ र  संघका संस्थापक अध्यक्ष दयाराम महर्जनलाई एक लाख नगद सम्मानपत्र र दोसल्ला ओढाएर  सम्मान ग-यो। त्यस्तै गरी रामबाबु–ज्ञानु समाजसेवी पुस्कारबाट अटिज्म भएका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको  पुरानो सिनामङ्गल, काठमाडौंमा रहेको  विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र र त्यसका अध्यक्ष सविता उप्रेतीलाई एक लाख नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो।  

सम्मान कार्यक्रममा वरिष्ठ चिकित्सक तथा समाजसेवा सन्दुक रुइतले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र र खादा ओढाएर सम्मानित गरेका थिए। सम्मानित कार्यक्रममा बोल्दै रुइतले समाजमा निस्वार्थ सेवा भावनाले काम गर्ने संघसस्थालाई प्रोत्साहनको खाँचो रहेको बताए। 

‘निस्वार्थ भावनाले समाजमा रहेका असहाय तथा दिनदुखीको सेवा गर्दै आइरहेको संस्थालाई प्रोत्साहन स्वरुप सम्मान गर्दै आइरहेका छौं,’ कोषका अध्यक्ष धु्रव नेपालले भने, ‘सामाजिक क्षेत्रमा मन,वचनले काम गर्ने संस्थालाई प्रोत्साहनको खाँचो छ। त्यसैले सम्मान गर्न खोजेका हौं।’ कोषले विगत ५ वर्षदेखि सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका विभिन्न संघ–सस्थालाई सम्मान गर्दै  आएको कोषका संरक्षक रामबाबु नेपालले बताए।

प्रकाशित: ६ आश्विन २०७५ १२:४० शनिबार

रामबाबु–ज्ञानु_सामाजिक_सेवा_पुरस्कार सम्मान