समाज

चितुवा र रेडपाण्डाको छाला सहित पक्राउ

काठमाडौं- बन्यजन्तु चितुवाको छाला र रेडपाण्डाको छाला सहित २ जनालाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट शुक्रबार प्रहरीले पक्राउ गरेको  छ।

काठमाडौं महानगरपालिका–२६ म्हेपी पुल नजिकबाट लम्जुङ बेशीशहर नगरपालिका घर भएका २४ वर्षीय पमबहादुर तामाङलाई चितुवाको छाला १ थान सहित प्रहरीले पक्राउ गरेको हो।

यसैगरी काठमाडौं महानगरपालिका–१६ बालाजु वाइपास रोडबाट काठमाडौं नेपालटार शेषमती बस्ने रसुवा वाँसभन्ज्याङका २८ वर्षीय भिमलाल गोलेलाई ३ थान रेडपण्डाको छाला सहित प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित: ६ आश्विन २०७५ ११:०२ शनिबार

बन्यजन्तु रेडपाण्डा